
१९ भदौ, काठमाडौं । सरकारले देशभरिको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी र संयोजन शहरी विकास मन्त्रालयबाट हुने व्यवस्था गर्ने भएको छ ।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिहरूसँग भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो मन्त्रिपरिषदको बैठकबाट यस्तो व्यवस्था गर्न लागेको बताए ।
प्रधानमन्त्रीले फोहोर व्यवस्थापन संघीय, प्रादेशिक र स्थानीय सरकारको साझा दायित्व भएकोमा जोड दिँदै फोहोरको दीर्घकालीन व्यवस्थापनका निम्ति गठन आदेशसहितको कानुनी व्यवस्था र दीर्घकालीन संयन्त्र निर्माण गरिने बताए ।
प्रधानमन्त्रीले फोहोर मैला व्यवस्थापनमा तीनै तहका सरकार गम्भीर बन्नुपर्ने बताए ।
बञ्चरेडाँडाको फोहोर व्यवस्थापन, स्थानीय प्रभावित जनताले उठाएका मागहरू, डम्पिङ साइडका लागि जग्गा खरिद लगायतका विषयमा कुराकानी भएको छ ।
प्रतिक्रिया 4