
१९ भदौ, विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत प्राधिकरण, इनरुवा वितरण केन्द्रका कर्मचारीलाई पक्राउ गरेको छ ।
सेवाग्राहीसँग लिएको २५ हजार रुपैयाँ घुस लिएको पाएपछि सुनसरीको इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।
स्थानीय एक उद्योगमा विद्युत क्षमता वृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको सूचनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट मंगलबार दिउँसो खटिएको टोलीले महतोलाई पक्राउ गरेको हो ।
महतोलाई ईनरुवा नगरपालिका – ३ बाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दहालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4