+
+

भूतपूर्व गोर्खा सैनिकका समस्या समाधान गर्न कूटनीतिक पहल भइरहेको छ : मन्त्री साउद

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते १९:५७

१९ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले पूर्वगोर्खा सैनिकका समस्या समाधानका बारेमा बेलायत सरकारसँग कूटनीतिक पहल भइरहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित पूर्वगोर्खा सैनिकको समस्या समाधानको लागि एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाउनुपर्ने अधिकार बमोजिमको सुविधा प्राप्त गराउन सरकारले बेलायत सरकारसँग कुटनीतिक पहल भइरहेको बताएका हुन्।

‘१९९७ भन्दा अगाडिका गोर्खा सैनिकहरूलाई पनि वेतन र घाइतेहरुलाई अन्य सहुलियत दिनुपर्छ भनेर बेलायतमा भएका गोरखा सैनिकले लगातार आवाज उठाउनुभएको छ । तपाईहरुको आवाजमा सरकारको साथ रही आएको छ’, परराष्ट्रमन्त्री साउदले भने, ‘यसका लागि सरकारको तर्फबाट हामी कुटनैतिक संवाद प्रक्रियालाई अघि बढाउँछौँ ।’

उनले संवादको प्रक्रियाबाट पूर्व गोर्खा सैनिकहरूले पाउनुपर्ने अधिकार बमोजिमको सुविधा प्राप्त होस् भन्नका लागि प्रयत्न गर्ने बताए ।

‘परराष्ट्र मन्त्रालय तपाईहरूको समस्या समाधानका लागि वार्ता प्रक्रियादेखि कूटनैतिक पहल गर्नेछ । तपाईहरूको समस्या समाधानका लागि हाम्रो यथेष्ठ प्रयत्न हुनेछ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?