+

बुकायो साका लगातार दोस्रो पटक इंग्ल्याण्डको वर्ष खेलाडी

२०८० भदौ  २० गते १०:२० २०८० भदौ २० गते १०:२०
बुकायो साका लगातार दोस्रो पटक इंग्ल्याण्डको वर्ष खेलाडी

२० भदौ, काठमाडौं । बुकायो साका लगातार दोस्रो वर्ष इंग्लयाण्डको वर्ष खेलाडी घोषित भएका छन् ।

मंगलबारबाट २२ वर्ष लागेका आर्सनलका विंगरले सपोर्टरको मतका आधारमा २०२१-२२ मा जितेको अवार्डलाई फेरि जित्न सफल भएका हुन् ।

मिडफिल्डर जुड बेलिङहम दोस्रो र ह्यारी केन तेस्रो स्थानमा रहे ।

साकाले इंग्ल्याण्डका लागि १० खेल खेल्दै ७ गोल गरेका हुन् । उनले ओल्ड ट्राफोर्डमा नर्थ मेसोडोनिया विरुद्ध ७-० को जितमा करियरकै पहिलो ह्याट्रिक गरेका थिए ।

गत डिसेम्बरमा कतारमा भएको फिफा विश्वकपमा साकाले इंग्ल्याण्डका लागि ३ गोल गरेका थिए ।

साकाले गत सिजन आर्सनलमा गरेको प्रदर्शनका आधारमा पीएफए युवा वर्ष खेलाडीको अवार्ड समेत जितेका थिए ।

युरो २०२४ छनोट अन्तर्गत युक्रेन विरुद्धको खेल र स्कटल्याण्ड विरुद्धको मैत्रीपूर्ण खेलका लागि साका ग्यारेथ साउथगेटको इंग्लिस टिममा समावेश छन् ।

इंग्ल्याण्ड बुकायो साका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय