
काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘एक भगवत् गीता’का शीर्षमध्येका एक कलाकार हुन् धीरज मगर । तर फिल्मको प्रेसमिट र प्रचारप्रसारमा उनी देखिएका थिएनन् ।
प्रचारमा नदेखिंदा ट्रेलर, टिजर र पोस्टरलाई लिएर धीरज असन्तुष्ट रहेको गसिप चल्न थालेको थियो । आफूलाई ट्रेलरमा दिइएको स्पेसलाई लिएर उनले गुनासो गरेको विवरण मिडियामा आएको थियो । यही छेकोमा केही दिनअघि आयोजित ट्रेलर लन्चमा समेत निर्देशक झरना थापाले यस्तै प्रश्नको सामना गर्नुपर्यो ।
आँखा पाकेको कारण धीरज कार्यक्रममा आउन नसकेको प्रष्टोक्ति झरनाले दिएकी थिइन् । तर यही समयमा धीरज कुलेखानी घुम्न गएको चर्चा समेत चलेको थियो । तर एकाएक धीरज फिल्मको मंगलबारको पत्रकार सम्मेलनमा उपस्थित भए । प्रेसमिट सकिएपछि उनी कार्यक्रम स्थलमा पुगेका थिए ।
जहाँ उनले आँखा पाकेकै कारण आफू बाहिर ननिस्किएको कुरा अनलाइनखबरलाई बताए । धीरजको यो कुरामा झरना र सुहानाले पनि सहमति जनाए । पछि त्यहाँ धीरज फोटोसुट पनि गरे । उक्त अवसरमा धीरजको असन्तुष्टिको झरनाले खण्डन पनि गरिन् । सबैलाई समान भूमिका दिइएको झरनाको भनाइ थियो ।
‘एक भगवत् गीता’ भदौ २९ गते रिलिज हुँदैछ ।
प्रतिक्रिया 4