+
+

‘आईएमई पे’ मार्फत् पानी र इन्टरनेटको बिल भुक्तानीमा विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २० गते १२:३५

काठमाडौं । ‘आईएमई पे’ ले  हालै सार्वजनिक गरेको ‘विकेट टु विन’ नामक अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ ।

१९ भदौदेखी १८ असोजसम्म चल्ने सो अफर अन्तर्गत  सेवाग्राहीले आफ्नो इन्टरनेट र पानीको बिल भुक्तानी ‘आईएमई पे’ मार्फत् गर्दा १०० रूपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।

सो छुट प्राप्त गर्नका लागि सेवाग्राहीले पानीको बिल भुक्तानी  गर्ने क्रममा ‘वाटर’ प्रोमो कोड राख्नु पर्ने छ भने इन्टरनेटको बिल भुक्तानीको क्रममा ‘इन्टरनेट’ प्रोमो कोड राख्नु पर्ने छ ।

अफर अन्तर्गत  सेवाग्राहीले पानीको प्रोमो कोड अफर अवधिभर जति पटक पनि प्रयोग गर्न सक्नेछन् भने इन्टरनेटको प्रोमो कोड भने अफर अवधिभर एक जना ग्राहकले एक पटक मात्र प्रयोग गर्न पाउनेछन् ।

‘आईएमई पे’ले ग्राहकको सुविधाका लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?