
२० भदौ, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणप्रति भ्रातृ संस्था तरुण दलले सरकारप्रति आक्रोश पोखेको छ ।
तरुण दलका अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति निकालेर यस्ता घटनाक्रमप्रति चुप लागेर बस्न नसकिने बताएका छन् ।
‘दोषी नै नभएको व्यक्तिलाई पक्राउ गर्न अघि सर्ने नेपाल प्रहरी दिउँसै हात हतियारसहित हिँडडुल गर्ने व्यक्ति चिन्न नसक्ने ?’ उनले प्रश्न गर्दै भने, ‘यस्ता कार्यको अब नेपाल तरुण दल चुप लागेर सहेर बस्न सक्दैन ।’
नेपाली कांग्रेसका प्रभावशाली नेताहरुलाई छानी छानी आक्रमण गर्ने कार्य भएको तरुण दलले जनाएको छ । श्रृङ्खलावद्ध घटनाक्रमका कारण तरुण दल सहन नसक्ने अवस्थामा पुगेको र त्यसबाट आउने परिस्थितिको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने चेतावनी गुरुङ्ले दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4