
२१ भदौ, काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निकट भविष्यमा हुने चीन भ्रमणको विषयमा छलफल गर्दैछ ।
यसका लागि समितिले प्रधानमन्त्रीलाई नै समितिमा बोलाएको छ । समितिको बैठक बिहान साढे १० बजे बोलाइएको छ ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागी हुन आगामी असोज दोस्रो साता न्यूयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाने तयारीमा छन् ।
उनको न्यूयोर्क भ्रमण यही भदौ ६ गते बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4