
२१ भदौ, काठमाडौं । काठमाडौं-तराई/मधेश जोड्ने फास्ट ट्र्याक निर्माणमा खटिएका एक जना चिनियाँ नागरिक पहाडबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भएका छन् ।
मकवानपुरको बकैया गाउँपालिका २ कैलेनी भन्ने स्थानमा पुल निर्माणमा खटिएका अन्दाजी ४२ वर्षीय ल्यू ल्यान चुइङलाई बुधबार पहाडबाट खसेको ढुंगाले लागेको प्रहरीले जनाएको छ ।
उनलाई उपचार गर्न पर्साको वीरगञ्जस्थित बयोधा अस्पताल पठाइएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनी पुलको साइट इन्चार्ज समेत रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4