
२१ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य एवम् नेपाल मजदुर किसान पार्टिका सांसद प्रेम सुवालले प्रधानमन्त्री यूएनबाट सीधै चीन जान नहुने बताएका छन् ।
त्यसरी यूएनबाटै सीधै चीन जान नमिल्ने बताउँदै उनले बरु नेपाल आएर एक दिन आएर जाँदा राम्रो हुने सुझाव दिए ।
‘प्रम यूएनबाट सीधा चीन जाने कुरा छ। तर त्यो मिल्दैन।बरु नेपाल आएर एकदिन बसेर जाँदा राम्रो हुन्छ,’ समितको बैठकमा उनले भने, ‘ अमेरिकाबाट सीधै चीन जाने कुराले राम्रो सन्देश दिँदैन।’
उलने यूएनमा युक्रेन युद्धमा हतियार पठाएर शान्ती हुँदैन भनेर स्पष्ट भन्नुपर्ने समेत बताका छन् ।
साथै चुच्चे नक्साको जानकारीका लागि पत्र नपठाएको विषयमा तत्कालीन प्रमले जिम्मा लिनुपर्ने सांसद सुवालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4