
२१ भदौ, काठमाडौं । बिहीबार पनि सुन र चाँदीको मूल्य घटेको छ ।
१९ भदौयता सुन र चाँदीको मूल्यमा लगातार गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार १८ भदौमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १३ हजार र चाँदीको मूल्य १ हजार ४६५ रुपैयाँ थियो ।
२१ भदौ अर्थात बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार र चाँदीको मूल्य १ हजार ४१० रुपैयाँ तोकिएको छ ।
२० भदौ अर्थात बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार ४ सय र चाँदीको मूल्य १ हजार ४३० रुपैयाँ तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4