
फाइल तस्वीर
२१ भदौ, काठमाडौं । खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि दफावार छलफल गर्न संसदीय उपसमिति गठन भएको छ । यो विधेयक प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा विचाराधीन छ ।
बिहीबार बसेको कृषि समितिको बैठकले समिति सदस्य नवल किशोर शाह सुडीको संयोजकत्वमा ९ सदस्यीय उपमिति गठन गरेको हो ।
उपसमितिमा बिरबहादुर बलायर, कुसुमदेवी थापा, सूर्यप्रसाद ढकाल, विजुला रायमाझी, मिना तामाङ, अशोक कुमार चौधरी, अनिशा नेपाली र योगेन्द्र मण्डल सदस्य छन् ।
यो विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको विधेयक हो । तत्कालीन कृषिमन्त्री घनश्याम भुसालले २८ असार २०७७ मा दर्ता गरेको यो विधेयक राष्ट्रिय सभाबाट २३ माघ २०७९ मा पारित भएर प्रतिनिधि सभामा आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4