
२१ भदौ, काठमाडौं । नेपाल तरुण दलले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गर्दै देशभर प्रदर्शन गर्ने भएको छ ।
आज बसेको तरुण दलको अनौपचारिक बैठकले यादवमाथिको आक्रमण गणतन्त्र र राजनीतिक व्यवस्थामाथिकै हमला भएको ठहर गर्दै देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको हो ।
काठमाडौं उपत्यकाको हकमा दिउँसो १ बजे शान्ति बाटिकामा प्रदर्शन र विरोध सभा गरिने तरुण दलका केन्द्रीय सदस्य सागर परियारले जानकारी दिए ।
बैठकले शान्तिसुरक्षा मिलाउन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा समेत मागेको परियारले बताए ।
बुधबार भृकुटीमण्डपमा कांग्रेस सहमहामन्त्री यादवमाथि धारिलो हतियार प्रहार भएको थियो ।
टाउको र गर्धनमा चोट लागेका यादवको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । आक्रमणमा संलग्न नुवाकोटका शिवप्रसाद सापकोटा प्रहरी नियन्त्रणमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4