
२१ भदौ, काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सुन तस्करीमा संलग्न पूर्वआईजीपीलाई अख्तियार प्रमुख बनाउन खोजिएको दाबी गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा सिंहले भने, ‘पूर्वआईजीपीलाई किन बयानमा बोलाइँदैन ? किनकि अख्तियार प्रमुख बनाउन लबिङ भइरहेको छ।’ सुन तस्करीमा संलग्न व्यक्तिलाई प्रमुख बनाएर अख्तियार दुरुपयोग अनुसन्धान कस्तो हुन्छ भन्दै उनले सरकारको ध्यानाकर्षण गरे ।
ती व्यक्ति को हुन् भन्ने चाहिं उनले केही बताएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4