
काठमाडौं । प्रकाश सपुत स्टारर ‘परदेशी २’ र विपिन कार्की स्टारर ‘पशुपतिप्रसाद २ : भष्मे डन’ले रिलिज मिति हेरफेर गरेका छन् । आगामी कात्तिक ३ गतेलाई एकै दिन रिलिज मिति घोषणा गरेका यी दुई फिल्म अब नजुध्ने भएका छन् ।
‘परदेशी २’ को निर्माण कम्पनी नारायण इन्टरनेसनल प्रालिका तर्फबाट नारायाण रायमाझी र ‘भष्मे डन’को निर्माण कम्पनी टुकी आर्ट्सका तर्फबाट खगेन्द्र लामिछानेले दुई फिल्मलाई अलग-अलग मितिमा प्रदर्शनमा ल्याउने सहमतिमा हस्ताक्षर गरेका छन् ।
जसअनुसार नारायण रायमाझी निर्देशित परदेशी २ घटस्थापनाको दुई दिनअघि असोज २६ रिलिज हुनेछ भने दीपेन्द्र के खनालले निर्देशन गरेको भष्मे डन कात्तिक ४ गते फूलपातीको दिनबाट प्रदर्शनमा आउनेछ ।
सहमतिपछि दुवैतर्फका निर्माताहरुले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जुधेर होइन, जुटेर सफलता हात पार्ने सकिन्छ भन्ने कुराको पाठ नेपाली सिनेमाका कतिपय जुधाईले हामीलाई सिकाइसकेको छ । त्यसैले पनि हामी जुधेर होइन, जुटेर जाने निर्णय गर्न सफल भयौं ।’
प्रतिक्रिया 4