+

नेपालले आज म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्दै

२०८० भदौ  २२ गते ९:४८ २०८० भदौ २२ गते ९:४८
नेपालले आज म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्दैछ । फिफा विन्ड‍ अन्तर्गत दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली टोली अहिले म्यानमारमा छ ।

नेपाल र म्यानमारबीचकाे पहिलो खेल म्यानमारको राजधानी याङ्गुनस्थित थुवुन्ना स्टेडियममा नेपाली समय अनुसार सवा ४ बजे सुरु हुनेछ ।

फिफा वरीयतामा म्यानमार १६० औं स्थानमा र नेपाल १७५ औं स्थानमा छ । नेपाल र म्यानमारबीच अहिलेसम्म २ खेल भएकामा दुवैमा नेपालले हार बेहोरेको छ ।

नेपाल र म्यानमारबिचको दोस्रो मैत्रीपूर्ण खेल आउने सोमबार हुनेछ ।

नेपाल मैत्रीपूर्ण फुटबल म्यानमार
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय