+
+

ओलीलाई भेट्न बालकोट निवास पुगिन् मानुषी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २२ गते १२:४५

२२ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल समाजवादी पार्टी (नेसपा)का नेता मानुषी यमी भट्टराई र जेकेन्द्र श्रेष्ठले भेट गरेका छन् ।

गत बुधबार साँझ भएको भेटको तस्वीर मानुषीले शुक्रबार फेसबुकमा सार्वजनिक गरेकी छन् । उनले भेटमा ‘समसामयिक राजनीतिक विषय’मा छलफल भएको बताइन् ।

उनका अनुसार भेटमा अध्यक्ष ओलीले नेपालको राजनीतिको विगत र वर्तमानको अवस्थाबारे बताएका थिए । करिब दुई घण्टा लामो भेटमा ओलीले मुलुकमा बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताएको भट्टराईले बताइन् ।

‘मलाई पहिलेदेखि नै भेट्न मन लागेको थियो, त्यो कुरा उहाँसम्म पुगेछ र मलाई बोलाउनुभयो । त्यसपछि हामी भेट्न गयौं’ उनले अनलाइनखबरसँग भनिन्, ‘भेटमा राष्ट्रिय राजनीतिका विषयमा छलफल भए । उहाँ (केपी ओली)ले बलियो राष्ट्रिय शक्ति बनाउनुपर्छ भन्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?