+
+

भैरहवा र पोखराको मौसम बिग्रेपछि रेसुङ्‍गामा उडान रद्द

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २२ गते १४:३८

२२ भदौ, गुल्मी । पोखरा र भैरहवाको मौसम बिग्रिएपछि शुक्रबार निर्धारित नेपाल एयरलाइन्सको काठमाडौं–रेसुङ्‍गा उडान रद्द भएको छ । गन्तव्य विमानस्थलसँगै वैकल्पिक विमानस्थलको समेत मौसम राम्रो हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको कडा नियमका कारण शुक्रबार रेसुङ्‍गामा निर्धारित उडान रद्द गर्नुपरेको बताइएको छ ।

रेसुङ्‍गा विमानस्थलमा जहाज अवतरण गर्न नसक्दा विकल्पका रुपमा पोखरा या भैरहवा तोकिएको छ । ती स्थानमा मौसम खराब भएकाले शुक्रबारको उडान रद्द भएको रेसुङ्‍गा विमानस्थलका वरिष्ठ अधिकृत तथा एअर ट्राफिक कन्टोलर अस्मिता बस्नेतले जानकारी दिइन् । शुक्रबार रेसुङ्‍गा विमानस्थलको मौसम राम्रो थियो ।

गुल्मी जिल्लाको रेसुङ्‍गा विमानस्थलमा तीन महिनादेखि उडान बन्द हुँदै आएको छ । शुक्रबारका लागि उडान हुने भनिएपनि अल्टरनेट विमानस्थलको मौसम खराब देखाउँदै उडान हुन नसक्दा टिकट काटेका यात्रु भने अलपत्र परेका छन् । शुक्रबार गुल्मीबाट काठमाडौं जान १३ जनाले टिकट काटेका थिए । काठमाडौंबाट गुल्मी आउनका लागि ८ जनाले टिकट काटेका थिए । गुल्मीबाट काठमाडौं जान रेसुङ्‍गा विमानस्थल पुगेका नागरिक उडान अबरुद्ध भएपछि गाडीको यात्रामा गनतव्य तर्फ लागेका छन् ।

शुक्रबार बिरामी आमा लिएर काठमाडौं जान हिडेका सुरज कुँवर २ घण्डा उडानको प्रतिक्षा पछि गाडीमार्फत काठमाडौं हिंडे । उनले मौसममा खराबी नहुँदा पनि उडान नहुनु दुःखद् कुरा रहेको बताए ।

विमानस्थल पुग्नेहरु धेरै जसो बिरामी लिएर पुगेका थिए । ती सबै निराश भएर गाडीको यात्रामा गनतव्य तर्फ लागेका थिए । रेसुङ्‍गा विमानस्थलमा छिमेकी जिल्ला अर्घाखाँचीबाट समेत पुगेका थिए । नागरिकको दुःख प्रति सम्बन्धित निकाय गैर जिम्मेवार बनेको रेसुङ्‍गा विमानस्थल पुगेका बेदप्रसाद कुँवरले बताए । उनले पटकपटक मौसमको खराबी देखाउँदै गर्दा नागरिकले धेरै दुःख भोग्नु परेको र समयको बर्बादी समेत हुने गरेको बताए ।

उडान गर्ने बिहान समयमा विमानस्थलमा बादल लाग्ने गर्नाले उडान गर्न समस्या हुँदै आएको रेसुङ्‍गा विमानस्थलका स्टेसन इन्चार्ज सुमन थापाले बताए । भीएफआर प्रविधिमा उडान हुने रेसुङ्‍गामा आँखाले देख्न नसक्दा प्रविधिका माध्यमबाट उडान अवतरण गर्न सकिने सुविधा छैन । सोहीकारण रेसुङ्‍गा विमानस्थलमा बिहानी समयमा मात्रै उडानको लागि उपयुक्त हुने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?