
काठमाडौं । विश्व पर्यटन दिवसको अवसर पारेर आगामी सेप्टेम्बर २७ अर्थात् असोज १० गते कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा पदयात्रा गरिने भएको छ ।
पर्यटकहरुलाई डिजिटल नक्साकै भरमा साँझमा सम्पदा क्षेत्र घुम्न प्रेरित गर्ने उद्देश्यले कीर्तिपुर नगरपालिका र कीर्तिपुर स्वयंसेवक समाजको संयुक्त आयोजनामा हुने उक्त पदयात्रा हुन लागेको हो ।
सोही अभियानलाई लक्षित गरी बिहीबारबाट कीर्तिपुरका आकर्षक स्थलहरु, सम्पदा क्षेत्र, होटल, रेस्टुरेन्ट लगायतलाई डिजिटल नक्सामा राख्नर सुरु गरिएको छ । त्यस अवसरमा कीर्तिपुरका स्थानीय गाइड, पर्यटनका विद्यार्थी र स्थानीयहरुको सहभागितामा म्यापिङ र डिजिटल प्रवर्द्धनविज्ञ सौरभ ढकालद्वारा प्रस्तुतीकरणका साथै स्थलगत नक्सांकन गरिएको थियो । सहभागीहरुले गुगल म्याप लगायत नक्सासँग सम्बन्धित एपहरुमा फोटो, भिडियो राख्नुका साथै जानकारीहरु अपडेट गरे ।
कीर्तिपुर स्वयंसेवक समाजका कार्यक्रम संयोजक रुपेन्द्र महर्जनका अनुसार म्याप अपडेट गर्ने, नयाँ जानकारी राख्ने कार्य कीर्तिपुर नगरपालिकाको सहयोगमा नियमित रुपमा गरिने जानकारी दिए ।
प्रतिक्रिया 4