२२ भदौ, काठमाडौं । जिलेस्पीजंग कार्कीले राष्ट्रिय टिममा डेब्यू गरेका छन् ।
नेपाली राष्ट्रिय फुटबल टिमले फिफा फ्रेन्डली अन्तर्गत म्यानमारसँग खेलेको पहिलो मैत्रीपूर्ण खेलमा उनले डेब्यू गरेका हुन् ।
उनले पहिलो रोजाइमा रहेर नेपालका लागि डेब्यू गरेका हुन् । उनी पूर्व राष्ट्रिय टिमका खेलाडी जर्ज प्रिन्स कार्कीका भाइ हुन् ।
उनले त्रिभुवन आर्मी क्लबबाट शहीद स्मारक लिग फुटबल खेलेका थिए ।
नेपालको पहिलो रोजाइको टिम :
किरण चेम्जोङ (कप्तान), रोहितबहादुर चन्द, अनन्त तामाङ, सनिष श्रेष्ठ, लकेन लिम्बु, आवास लामिछाने, जिलेस्पीजंग कार्की, आषिश चौधरी, अञ्जन विष्ट, आयुष घलान र मनिष डाँगी
प्रतिक्रिया 4