
२२ भदौ, विराटनगर । राप्रपाले हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई समर्थन गर्ने भएको छ ।
नेकपा एमाले नेतृत्वको सरकारलाई पार्टीको समर्थन रहने राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता भक्ति सिटौलाले बताए । मन्त्री भने तत्काल नपठाउने उनले बताए ।
विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै राप्रपा नेता सिटौलाले संविधानमाथि भएका हस्तक्षेपहरुलाई सर्वोच्च अदालतले सच्चाएको बताए ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4