
काठमाडौं । राठी एडेसिभ प्रालि र इन्टेरियर डिजाइनर एसोसियसन (आईडिया) नेपालबीच विभिन्न साझा गतिविधि सञ्चालनका लागि सम्झौता भएको छ ।
दुवैको संस्थाको उदेश्य नेपाली उत्पादनलाई प्रोत्सान गर्र्दै बजारमा स्थापित गरी देशको अर्थतन्त्रमा टेवा पुर्याउनु रहेकोले सम्झौता गरिएको राठी एडेसिभका कार्यकारी प्रमुख योगेश राठीले बताए । यस सहकार्याले विदेशी उत्पादनको आयतलाई कम गर्र्दै नेपाली उत्पादनलाई प्रोत्सान गर्दै लैजाने विश्वास दुवै संस्थाको छ । यस सहकार्यले नेपालको बढ्दो व्यापार घाटालाई समेत कम गर्ने दुवै संस्थाको दाबी छ ।
आईडीया नेपालका अध्यक्ष श्याम श्रेष्ठले राठी कोलका उत्पादनहरु कम्पनीले भनेअनुसार उच्च गुणस्तरको रहेको र त्यसको कार्यक्षमता पनि शक्तिशाली रहेकोले काम गर्न सजिलो हुने बताए । नेपाली उत्पादन प्रयोग गरी बनेका इन्टेरियरका सामग्रीहरु बलियो हुने भएकोले विदेशी उत्पानद प्रयोग गर्न जरुरी नरहेको उनले बताए ।
राठी एडेसिभले विगत ३५ वर्षदेखि अन्तर्राष्ट्रिय गुाणस्तरका विभिन्न एडेसिभ उत्पादन गर्दै आइरहेको छ भने आईडीया नेपालले इन्टेरियर डिजाइनरहरुको अधिकार र पहिचानको क्षेत्रमा काम गर्दै आइरहको छ ।
आईडीया नेपालले २४ भदौमा होटल र्याडिसनमा टकसो आयोजना गर्दैछ । उक्त कार्यक्रममा राठी एडेसिभको पनि सहभागिता रहने छ ।
प्रतिक्रिया 4