+
+

बस्तीपुरलाई विचार मन्थनको थलो बनाउनुपर्छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २२ गते २०:०३

२२ भदौ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रदीप गिरीको जन्मस्थान सिराहको बस्तीपुरलाई विचार मन्थन र आध्यात्मिक चिन्तनको थलोको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

प्रदिप गिरी मेमोरियल ट्रष्टद्वारा आयोजित समकालीन नेपाली राजनीतिका समाजवादी चिन्तक स्व. प्रदिप गिरिको सिराहा बस्तीपुरमा आयोजित प्रथम वार्षिकी सभामा बोल्दै मन्त्री महतले भने, ‘प्रदीप गिरी ज्ञानको ठूलो खानी, सादगी र सरलता हामी सबैका लागि अनुकरणीय छ ।’ प्रदीप गिरीको विचारलाई निरन्तरता दिने प्रयास भइरहेकोमा उनले खुशी व्यक्त गरे ।

‘प्रदीप गिरीको विचार र ज्ञान अथाहा थियो । उहाँको विचारबाट हामी केही न केही प्रभावित भएका छौं,’ महतले भने, ‘दूरगामी कालमा जसको जे महत्व छ, त्यो महत्वलाई समाजले पूर्णरुपमा आत्मसात नगरेको हुनसक्छ । तर, भौतिक अस्तित्व नरहेपछि त्यसको आवश्यकता र महत्वका बारेमा मानिसहरुले मन्थन गर्न थाल्छन् ।’

पछिल्लो समय अर्थतन्त्र सुधारोन्मुख रहेको भन्दै उनले आगामी दिनमा जनताका आवश्यकतामा थप लगानी गर्ने अवस्थामा सरकार पुग्ने बताए ।

आवश्यकता ठूलो रहेको र साधन श्रोत थोरै रहेको सन्दर्भ निकाल्दै उनले यसबीचमा भएका गतिविधिबाटै यो अवस्था आएको समेत स्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?