+
+

रेशमले पार्टीलाई व्यक्तिगत स्वार्थ पूरा गर्ने हतियार बनाए : सुरेन्द्र चौधरी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २३ गते १८:५२

२३ भदौ, धनगढी । नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका नेता सुरेन्द्र चौधरीले पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टीलाई व्यक्तिगत स्वार्थपूर्तिको हतियार बनाएको आरोप लगाएका छन् ।

शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले रेशमले समाजलाई उत्तेजित पारी व्यक्तिगत फाइदा उठाउन लागेपछि पार्टी छाडेको बताए ।

टीकापुर घटनाका निर्दोषको न्यायका लागि लड्ने र संविधानले दिएको समावेशिताको अधिकारका लागि पहल गर्ने उद्देश्यले पार्टी स्थापना गरे पनि परिवाद हावी भएको उनले बताए ।

‘उहाँ (रेशम चौधरी) लाई आफू छुट्नुु थियो, श्रीमतीलाई मन्त्री बनाउनु थियो । त्यसैले राजनीतिक रुपमा समाज र चेतनास्तर कम भएका थारुहरुलाई उत्तेजित बनाएर व्यक्तिगत स्वार्थ पूरा गर्ने नियत देखाएपछि पार्टी त्यागेको हुँ’, सुरेन्द्रले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?