+

हक्की संघको केन्द्रीय कार्यसमिति निर्विरोध चयन, अनिल बने अध्यक्ष

२०८० भदौ  २४ गते ७:०३ २०८० भदौ २४ गते ७:०३
हक्की संघको केन्द्रीय कार्यसमिति निर्विरोध चयन, अनिल बने अध्यक्ष

२४ भदौ,काठमाडौं । नेपाल हक्की संघको दोस्रो केन्द्रीय महाधिवेशनले अनिलप्रसाद शर्माको नेतृत्वमा १६ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । यसअघि शर्मा संघको कार्यवाहक अध्यक्ष थिए ।

मनीष झा, राजेन्द्रप्रसाद श्रेष्ठ, हिमाल खड्का र भगवती खड्का उपाध्यक्ष बनेका छन् । सुवर्ण श्रेष्ठ महासचिव, असिम शर्मा सचिव र रामेश्वर घिमिरेले कोषाध्यक्षको जिम्मेवारी पाए ।

कान्तुराम पनेरु, बाबुराम साह, निजामुद्दिन सिद्दिकी, अञ्जु प्रधान श्रेष्ठ, पवन केसी, सावित्री रजाली, मिलन केसी र हित गुरुङ सदस्यमा चयन भए ।

नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत मिनकुमार शर्माले एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

यसअघि महाधिवेशनको उद्घाटन परराष्ट्र मन्त्री एनपी साउदले गरेका थिए ।

हक्की संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय