
२४ भदौ, धनगढी । कञ्चनपुरमा ४७ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् ।
संघीय प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बेलौरी नगरपालिका-१० बस्ने २६ वर्षीय हिक्मत हमाललाई ४७ दशमल ८५ ग्राम खैरो हेरोईनसहित पक्राउ गरेको हो ।
हमाललाई प्रहरी नायब निरीक्षक प्रकाश कठायत नेतृत्वको टोलीले भारतबाट लागुऔषध ल्याइरहेको अवस्थामा बेलौरी नगरपालिका-९ को कलकत्ताबाट पक्राउ गरेको संघीय प्रहरी इकाई महेन्द्रनगरले जनाएको छ ।
हमालमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4