
काठमाडौं । लोकप्रिय मेसेजिङ एप ह्वाट्सएप सुरक्षित तथा सहज पनि भएकाले च्याट तथा कल गर्नका लागि पहिलो रोजाइमा पर्दछ । ह्वाट्सएपमा अडियो कल गरिरहँदा हामीलाई उक्त कल रेकर्ड गर्न मन लाग्दछ ।
तर ह्वाट्सएपमा यस्तो सुविधा सहज रुपमा उपलब्ध छैन । तर तपाईंले केही उपाय अपनाएर एन्ड्रोइड तथा आइफोनमा ह्वाट्सएपको कल रेकर्ड गर्न सक्नुहुन्छ ।
एन्ड्रोइड तथा आइफोनमा ह्वाट्सएप कल रेकर्ड गर्ने दुईवटा विकल्प छन् । तर दुबै विकल्पमा एउटा समस्या के छ भने यो केवल निश्चित डिभाइसमा मात्र काम लाग्दछ ।
म्याक कम्प्युटरको सहयोगमा यसरी रेकर्ड गर्नुहोस् ह्वाट्सएप कल
- आफ्नो आइफोनलाई लाइटनिङ केवलको सहयोगमा म्याकसँग जोड्नुहोस्
- आइफोनमा देखिने Trust this computer मा क्लिक गर्नुहोस् । यदि तपाईंले पहिलोपटक आइफोनलाई सो कम्प्युटरसँग जोडिरहनुभएको छ भने यस्तो संकेत देखापर्दछ ।
- त्यसपछि म्याकमा QuickTime मेन्यू खोल्नुहोस्
- फाइल खण्डमा तपाईंले New Audio Recording को विकल्प देख्नुहुनेछ
- QuickTime मा रेकर्ड बटनसँगै तलतर्फ फर्किएको arrow मा क्लिक गर्नुहोस् र आइफोनको विकल्प छान्नुहोस्
- त्यसपछि क्विकटाइममा रेकर्ड बटनमा क्लिक गर्नुहोस्
- अनि फोनबाट ह्वाट्सएप कल सुरु गर्नुहोस्
- जब तपाईं कनेक्ट हुनुहुन्छ तब युजर आइकनलाई एड गर्नुहोस् । त्यसपछि तपाईंले कल गर्न लागेको व्यक्तिको नम्बर छान्नुहोस् । त्यसपछि तपाईंले गरेको कल रेकर्ड सुरु हुन्छ ।
- कल समाप्त भएसँगै रेकर्डिङ बन्द गर्नुहोस् र फाइललाई कम्प्युटरमा सेभ गर्नुहोस् ।
एन्ड्रोइडमा यसरी रेकर्ड गर्नुहोस् ह्वाट्सएप कल
- सबैभन्दा पहिले क्यूब कल रेकर्डर डाउनलोड गर्नुहोस् । एप खोलेर ह्वाट्सएपमा जानुहोस्
- त्यसपछि ह्वाट्सएपमा आफूले बोल्न चाहेको व्यक्तिलाई कल गर्नुहोस्
- यदि तपाईंले कल गरिरहेको बेलामा क्यूब कलको चिह्न देखिएको छ भने यसले तपाईंको फोनमा कल रेकर्ड गरिरहेको छ भन्ने बुझिन्छ ।
- यदि error देखाएको छ भने एकपटक पुनः क्यूब कल रेकर्डर खोल्नुहोस् । एपको सेटिंग्स खण्डमा गएर त्यहाँ भ्वाइस कल अप्सनमा Force VoIP मा क्लिक गर्नुहोस् ।
- त्यसपछि पुनः ह्वाट्सएपमा कल लगाउनुहोस् र क्यूब कल रेकर्डर विजेट देखिएको छ वा छैन हेर्नुहोस् । यदि अहिले पनि error देखिएको छ भने यसको अर्थ तपाईंको एन्ड्रोइड फोनमा क्यूब कल एपबाट ह्वाट्सएप कल रेकर्ड हुँदैन र तपाईंले यसका लागि अन्य विकल्प खोज्नुपर्छ।
वास्तवमा ह्वाट्सएपले कल रेकर्डको सुविधा दिएको हुँदैन, त्यसैले प्रयोगकर्ताले अन्य विभिन्न उपायहरु अपनाउनु पर्दछ जो त्यति सजिलो र सुरक्षित नहुन पनि सक्दछ ।
एन्ड्रोइड फोनलाई रुट गरेर एससीआर स्क्रिन रेकर्डर एपको प्रयोग गरेर समेत ह्वाट्सएप कल रेकर्ड गर्न सकिन्छ । तर यसले डिभाइसको सेक्योरिटीमा गम्भीर असर पार्ने भएको हुँदा जोखिमपूर्ण हुन्छ ।
–एजेन्सी
प्रतिक्रिया 4