+
+

मलंगवाको कर्फ्यु हट्यो, २७ गतेसम्म निषेधाज्ञा जारी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २४ गते ९:५९

२४ भदौ, सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु आज बिहानदेखि हटेको छ । कर्फ्यु हटे पनि ७२ घण्टासम्म कुनै पनि किसिमका भेला, आमसभा, प्रदर्शन र पर्चा पप्लेटिङ गर्न नपाइने गरी निषेधाज्ञा भने जारी छ ।

कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा दुई पक्षबीच मलंगवामा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्म कर्फ्यु जारी गरेको थियो ।

स्थिति सामान्य भएको निष्कर्ष निकाल्दै आज बिहानबाट कर्फ्यु हटाइएको तर २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

कर्फ्यु हटेपछि मानिसहरुको चहलपहल बढ्न थालेको छ भने लामो तथा छोटो दुरीका यातायातका साधन पनि चल्न थालेका छन् ।

जिल्ला सुरक्षा समितिको बैठकले धार्मिक, जातीय र सांस्कृतिक कायम राख्न सबैलाई आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?