+

नेपाली महिला क्रिकेट टिम आज स्वदेश फर्कने

२०८० भदौ  २४ गते १२:५९ २०८० भदौ २४ गते १२:५९
नेपाली महिला क्रिकेट टिम आज स्वदेश फर्कने

२४ भदौ, काठमाडौं । नेपाली महिला क्रिकेट टिम आईसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेलेर आज स्वदेश फर्किंदै छ ।

नेपाली टिम आज राति ९ बजे स्वेदश फर्कने तालिका रहेको छ ।

थाइल्यान्डसँग ४६ रनले पराजित हुँदै नेपाली टोलीले ऐतिहासिक ग्लोबल क्वालिफायर्स हुनबाट वञ्चित भएको हो ।

समूह चरणमा उपविजेता बन्दै थाइल्यान्ड प्रतिस्पर्धी पाएको नेपाली टिमको ब्याटिङ नचल्दा ग्लोबल छनोटबाट बाहिरिएको हो ।

नेपालकै समूहमा रहेको समूह ए को विजेता यूएईले एसिया क्षेत्र छनोटमा थाइल्यान्डलाई पराजित गर्दै ग्लोबल क्वालिफायर्समा पुगेको हो ।

नेपालले छनोटअघि चार देशीय सिरिजको उपाधि जितेको थियो ।

नेपाली क्रिकेट महिला क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय