+
+

ललितानिवास प्रकरणमा थुनछेक बहस सकियो, आजै आदेश आउने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २४ गते १५:२७

२४ भदौ, काठमाडौं । जिल्ला अदालत, काठमाडौंमा ललितानिवासको १४३ रोपनी जग्गा हिनामिना प्रकरणको थुनछेक बहस सकिएको छ ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले आजै १८ जना मात्र भएकाले उनीहरुको हकमा पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने निर्णय सुनाउनेछ ।

यो मुद्दामा २८९ जना प्रतिवादी भएपनि १८ जना मात्र थुनामा छन् ।

१२ असारमा पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले संगठित अपराधमा म्याद थपेको थियो ।

त्यसअनुसार कै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले कीर्तेमा मात्र मुद्दा दर्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?