२४ भदौ, काठमाडौं । भारतको सिक्किमस्थित गान्तोकमा भएको मिक्स मार्सल आर्टस एमएमए फाइटमा ३ जना नेपाली खेलाडी विजयी भएका छन् । यी तीनै खेलाडी ललितपुरको रक एण्ड रोल एमएमए क्लबका हुन् ।
कर्मा टासी गुरुङ, कुञ्जन कक्षपति र बुरथोङ राईले आ-आफ्नो प्रतिस्पर्धा जितेका लक एण्ड रोलका प्रशिक्षक डिविज पियाले जानकारी दिए ।
गान्तोकको कञ्चनजंघा फाइट नाइटले सिक्किममै पहिलो पल्ट एमएमए फाइट आयोजना गरेको हो ।
प्रतिक्रिया 4