
२५ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अहिलेको समयमा नराम्रो काम गर्नु भनेको प्रधानमन्त्रीलाई धोका दिनु भएको बताएका छन् ।
बौद्ध जागरण केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले यस्तो बताएका हुन् ।
मन्त्री किरातीले भने, ‘यो सरकार प्रति आम जनताको आशा जागेको छ । प्रधानमन्त्रीले पनि हामी क्याबिनेट मन्त्रीहरुबाट ठूलो अपेक्षा राख्नु भएको छ । यो अवस्थामा मबाट प्रधानमन्त्रीलाई धोका हुने छैन । प्रधानमन्त्रीलाई धोका दिनु भनेको देशलाई धोका दिनु हो ।’
इतिहासमा यति धेरै काम भइरहेको र जनतामा आशा बिस्तारै जागिरहेको उनको भनाइ छ । उनले भने, ‘प्रधानमन्त्रीको यो स्प्रिडलाई समात्नु मेरो पहिलो कर्तव्य हो ।’
आफूलाई आफ्नै मान्छेहरुबाट नाजायज काम गराउन दबाब आएको भन्दै उनले भने, ‘तर म कदापि गलत काम गर्दिन बरु म पद त्याग्न तयार छु । दलालहरुले आफूलाई भेट्ने आँट नगर्ने भन्दै आफ्नै मान्छेको भेषभूषामा शिखण्डी बनेर आएका हुन् कि भन्ने शंका लाग्ने उनले बताए ।
देश भन्दामाथि आफू र आफ्नो पद नभएको उनको भनाइ छ । उनले भने, ‘राजनीति भनेको जीवनको सुख र भोग विलासका लागि होइन ।’
प्रचण्ड असाधारण मान्छे भएको भन्दै उनले परिवार क्षतविक्षत हुँदा समेत निरन्तर खटिएर राजनीतिको केन्द्र बनिरहन सक्नु प्रचण्डको गुण भएको उनले बताए ।
प्रतिक्रिया 4