२५ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्धको खेल जित्न पाकिस्तानले ३५७ रनको विशाल लक्ष्य पाएको छ ।
श्रीलंकाको कोलम्बोमा हिजो आइतबार वर्षाले रोकिएको खेल अघि बढाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३५६ रन बनायो ।
भारतका बिराट कोहली १२२ र केएल राहुल १११ रनमा नट आउट रहे । उनीहरुले तेश्रो विकेटका लागि नट आउट २३३ रनको साझेदारी गरे ।
त्यसक्रममा कोहलीले १३ हजार रन पनि पूरा गरेका छन् ।
प्रतिक्रिया 4