+

लक्जेमवर्गको पोष्टमा पोर्चुगलको ९ गोल

२०८० भदौ  २६ गते ७:२३ २०८० भदौ २६ गते ७:२३
लक्जेमवर्गको पोष्टमा पोर्चुगलको ९ गोल

२६ भदौ, काठमाडौं । युरो २०२४ छनोट अन्तर्गत पोर्चुगलले लक्जेमवर्गलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

गोन्कादो इनासियो, गोन्कालो रामोस र डिएगो जवटाले दुई दुई गोल गरेपछि पोरच्गलले सानदार जित हात पारेको हो ।

निलम्बनमा परेका क्रिस्टियानो रोनाल्डो बिनै मैदान उत्रेको पोर्चुगलले पहिलो हाफमा चार गोल गरेको थियो  । गोनकालो इनासियोले १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । गोनकालो रामोसले  १८औं र ३४औं मिनेटमा गोल गरे ।

त्यसपछि इनासियोले पहिलो हाफको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल ४-० ले अघि बढ्यो ।

डिएगो जोटले ५७औं र ७७औं मिनेटमा गोल गरे । रिकार्डो होर्थाले ६७औं,  ब्रुनो फर्नान्डेजले ८३औं तथा जाआओ फेलिक्सले ८८औं मिनेटमा गोल गरे ।

पोर्चुगलले छनोटमा शतप्रतिशत नतिजालाई कायम राख्दै ६ खेलबाट १८ अंक जोडेर समूह जे को शीर्ष स्थानमा छ । लक्जेम्वर्ग ६ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा स्लोभाकियाले लिचेन्स्टाइनलाई ३-० तथा आइसल्याण्डले बोस्निया एण्ड हर्जगोभिनालाई १-० ले हरायो ।

स्लोभाकिया ६ खेलबाट १३ अंक जोड्दै दोस्रो स्थानमा छ । बोस्निया एण्ड हर्जगोभिना र आइसल्याण्डको समान ६ अंक छ ।

यस्तै छनोट अन्तर्गत समूह डी को खेलमा वेल्सले लात्भियालाई २-० ले पराजित गरेको छ । दोस्रो जितपछि ७ अंक जोडेको वेल्स चौथो स्थानमा छ ।

पोर्चुगल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय