+

लिग वान खेल्ने पहिलो जोर्डनी खेलाडी अल तामारी, जोर्डनियन मेसी भनेको मन पराउँदैनन्

२०८० भदौ  २६ गते ७:४० २०८० भदौ २६ गते ७:४०
लिग वान खेल्ने पहिलो जोर्डनी खेलाडी अल तामारी, जोर्डनियन मेसी भनेको मन पराउँदैनन्

२६ भदौ, काठमाडौं । माउसा अल तामारीले फ्रेन्च लिग वान खेल्ने पहिलो जोर्डनी खेलाडीको कीर्तिमान बनाए । साथै उनले लिग वानमा गोल गर्ने पहिलो जोर्डनी खेलाडी समेत बने ।

यसै समरमा बेल्जियन क्लब ओएच लेउभेनबाट फ्रेन्च क्लब मोन्टेपिलर पुगेका उनले आफ् सुरुवाती चार खेलमा तीन गोल गरिसकेका छन् ।

अल तामारीले आफ्नो करियरमा जोर्डनको शबाब अल-ओर्डोन (२०१६-१७), अल जजितरा (२०१७-१८), साइप्रसको अपोएल (२०१८-२०), र बेल्जियमको ओएच लाउभेन (२०२०-२३) बाट खेलिकसका छन् ।

उनी अगष्टमा एमएचएससी प्लेअर अफ दि मन्थसमेत घोषित भएका थिए ।

बेल्जियममा उनले आफ्नो क्षमता देखाइसकेका थिए । त्यहाँको शीर्ष श्रेणी बेल्जियन प्रो लिगमा उनले डेब्युपछि सबैभन्दा धेरै ३८४ ड्रिबल प्रयास गरेका थिए भने १७४ पूरा गरेका थिए ।

‘बच्चा हुँदा देखि नै शीर्ष पाँचमध्ये एक लिगमा खेल्ने मेरो इच्छा थियो । तर मेरो आमा मेरो पढाइमा केन्द्रित होस् भन्ने चाहनुहुन्थ्यो,’ अल तामारीले लिग वानसँग भनेका छन्, ‘आमाले मलाई विश्वास नगर्ने होइन तर उनले मेरो सपना जोर्डनमा पूरा गर्न कठिन भएको बताएकी थिइन् ।’

उनले सन् २०१८ को एएफसी कपमा राम्रो प्रदर्शन गरेका थिए ।

एसियाको दोस्रो श्रेणीको क्लब फुटबल प्रतियोगितामा उनले १० खेलमा ६ गोल गरेका थिए । यही प्रदर्शनले उनलाई युरोपियन फुटबलको ढोका खोल्यो । त्यसपछि उनी साइप्रस पुगे । जहाँ उनले अपोएलबाट खेल्दै लिग च्याम्पियन बने भने एमभिपी समेत घोषित भए ।

साइप्रसको शीर्ष श्रेणीमा गरेको प्रदर्शनले उनलाई फ्रेन्च लिगसम्म पुर्‍यायो ।

जहाँ उनले सबैभन्दा धेरै सुट (१३)प्रहार गर्नेमा दोस्रो स्थानमा छन् भने धेरै ड्रिबल (१०) गर्नेमा सातौं स्थानमा छन् ।

अल तामारीले आफ्नो प्रदर्शनबाट जोर्डनियनहरु खुशी भएपनि आफूले अझै धेरै चाहेको बताएका छन् ।

‘मलाई थाहा छ मेरो देशमा उनीहरु मप्रति गर्व गर्छन् । तर फ्रान्समा खेल्ने पहिलो जोर्डनियन खेलाडी बन्नुमात्र मेरो लक्ष्य होइन । म अझै धेरै चाहन्छु,’उनले भनेका छन्, ‘मैले यो स्तरमा खेल्न सक्छु भनेर प्रमाणित गर्नुपर्छ र त्यसका लागि मोन्टेपिलर उपयुक्त क्लब हो ।’

युरोपियन क्लब धेरै खेल खेले जोर्डनका अरु खेलाडीका लागि समेतर अवसर हुने उनको भनाइ छ । ‘यदि युरोपियन क्लबले धेरै स्थानीय लिग खेल हेरेमा उनीहरुले अझ धेरै जोर्डनियन खेलाडीहरु अनुबन्ध गर्न सक्छन् ,’ उनले थपे, ‘हाङ्गीसँग पनि राम्रो खेलाडीहरु छन् र खेल्न सक्षम छन् भनेर उनीहरुलाई देखाउने मेरो मिसन हो ।’

लेप्ट फुटेट अल तामारीको राइट विंगमा खेल्छन् र उनको ड्रिबलिङ कलाले गर्दा उनलाई साइप्रसमा जोर्डनियन मेसीको उपनाम दिइएको थियो । तर उनले त्यसलाई अस्वीकार गरेका छन् । ‘मलाई थाहा छ केही मानिसले त्यसो भन्छन् तर मलाई त्यो उपनाम मन पर्दैन,’ जोर्डनका लागि ५४ खेल खेलिसकेका अल तामारीले भने, ‘साइप्रसमा समर्थकहरु अली क्रेजी छन् र त्यसैले उनीहरुले त्यो उपनाम दिए ।’

उनीहरुले जोर्डनियन मेसी भन्दै गीत समेत तयारी पारेको बताए ।

अल तामारी जोर्डन खेलाडी लिव वान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय