+

कोरियन एम्बासडर कपमा भाग लिन नदिएको भन्दै तेक्वान्दो खेलाडीको गुनासो

२०८० भदौ  २६ गते ७:५१ २०८० भदौ २६ गते ७:५१
कोरियन एम्बासडर कपमा भाग लिन नदिएको भन्दै तेक्वान्दो खेलाडीको गुनासो

२६ भदौ, काठमाडौं । यही साता सुरु हुने ११औं कोरियन एम्बासडर खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिनबाट बञ्चित गरेको भन्दै तेक्वान्दो खेलाडीहरुले गुनासो व्यक्त गरेका छन् ।

नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा यही भदौ २७ देखि ३१ गतेसम्म प्रतियोगिता आयोजना हुँदैछ ।

पहिलो पटक भारत र बंगलादेशबाट खेलाडी आउने भएपछि अन्तर्राष्ट्रिय रुपमै गर्न लागेको प्रतियोगितामा नेपालकै ५० भन्दा बढी खेलाडी सहभागी हुनबाट बञ्चित भएपछि उनीहरुले सोमबार पत्रकार सम्मेलन नै गरेको गुनासो राखेका छन् ।

नेपाल तेक्वान्दो संघले जारी गरेको सूचना अनुसार नै खेलाडीहरु नाम दर्ता गर्न सातदोबाटोस्थित तेक्वान्दो संघको कार्यालयमा पुगे पनि विभिन्न बहानामा आफूहरुको नाम दर्ता गर्न अस्वीकार गरेको खेलाडीहरुले पत्रकार सम्मेलनमा बताएका छन् ।

‘हालसम्मकै उच्च शुल्क लिएर खेल खेलाउन लागिएको अवस्थामा पनि हामी खेलाडीहरु आ-आफ्नो नाम दर्ता गर्न औपचारिक पहल गर्दा हामीलाई विभिन्न बहानामा फर्काइएको र इमेल मार्फत नेपाल तेक्वान्दो संघलाई जानकारी गराउँदा सो को सुनुवाइ नभएकोले आज हामी सत्यतथ्य उजागर गर्न बाध्य भएका छौं,’ खेलाडीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले नेपाल तेक्वान्दो संघले तोकेको विभिन्न शुल्क बुझाइ संघले तोकेको मापदण्ड पूरा गरी तेक्ववान्दो खेलमा आवद्ध भएका खेलाडीहरु भएको तर प्रतियोगितामा खेल्न पाउने नैसर्गिक अधिकारलाई न्योचित सम्बोधन नगरेमा न्यायिक लडाइँ लड्न बाध्य हुने उनीहरुको चेतावनी पनि छ ।

संघले पटक पटक सूचना निकालेर खेलाडी दर्ताका लागि भदौ १७ गतेसम्म अन्तिम समय दिए पनि त्यसमा आफूहरुको नाम दर्ता नभएको खेलाडीहरुले बताए ।

‘हामीले जति प्रयास गरे पनि संघले हाम्रो नाम दर्ता गर्न मानेन,’ खेलाडी एलिस ठकुरीले भने ।

उनले आफूहरु तेक्वान्दो संघको विरोध गरिरहेको डोजाङको खेलाडी रहेकाले त्यस्तो भएको बताए ।

एम्बासडर कप खेल्न नपाएका खेलाडी अप्सरा जिरेल, रविन मगर, उद्धव पौडेल, एलिस ठकुरी र मानदेव भाट क्षेत्री अगाडि ड्यासमा बसेका थिए भने अरू खेलाडीहरू पनि पत्रकार सम्मेलनमा उपस्थित थिP .

सन् २००३ बाट कोरियन एम्बासडर कपको नाममा सुरु भएको प्रतियोगिताको ११औं संस्करण खुल्ला अन्तर्राष्ट्रिय स्तरमा हुन लागेको हो ।

कोरियन एम्बासडर तेक्वान्दो खेलाडी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय