
२६ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएकी छन् ।
उनले विज्ञप्तिमार्फत भनेकी छन्, ‘मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेकपा (एमाले)का उपाध्यक्ष श्री सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको छु ।’
पूर्वराष्ट्रपति भण्डारीले नेम्वाङलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेकी छन् ।
एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको भण्डारीले बताएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4