
काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं–तिहार पर्वलाई लक्षित गरी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत ग्राहकले एक लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा र एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउन सक्नेछन् ।
कम्पनीले ‘नाडा अटो शो’ अवधिभर सुजुकीका नयाँ गाडी खरिद गर्ने ग्राहकलाई स्क्याच कार्ड मार्फत थप एक लाख रुपैयाँसम्मको छुट प्रदान गर्नेछ ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै शोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलका कारहरुमा छुट रकम फरक-फरक रहेको कम्पनीले बताएको छ ।
‘नाडा अटो शो’मा सुजुकीका नयाँ एसयूभीहरु जिम्नी, फ्रोन्क्सको साथै सुजुकीका अरु एसयूभी ग्रान्ड भितारा र नयाँ ब्रेजा प्रदर्शनी हुने कम्पनीले जनाएको छ । यो योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ ।
प्रतिक्रिया 4