
गजेन्द्र ठाकुर/फाइल तस्वीर
२६ भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ५ महिनामै वाणिज्य विभागका महानिर्देशकलाई हटाएको छ ।
मुख्य चाडपर्वको मुखैमा बजार अनुगमन तीव्र बनाउनु पर्ने बेला मन्त्रालयले विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई मन्त्रालयमा तानेको हो ।
वाणिज्य विभागका महानिर्देशक ठाकुरसहित बजार अनुगमन शाखा प्रमुख समेतको सरुवा भएको विभागले जनाएको छ ।
‘विभागका महानिर्देशक ठाकुर, अनुगमन शाखा प्रमुख उपसचिव होमनाथ भट्टराई लगायतको मन्त्रालयमा सरुवा भएको छ,’ विभाग स्रोतले भन्यो । २७ चैतमा ठाकुर विभागको मानिर्देशक नियुक्त भएका थिए ।
आफ्नो कार्यकाल ५ महिना २९ दिन पुगेकै दिन ठाकुर सरुवामा परेका हुन् । ठाकुरलाई मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखामा पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4