
२६ भदौ, विराटनगर । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा एक समूहले तोडफोड गरेको छ । सोमबार बेलुका धरान- १५ स्थित बेघाको घरमा भएको तोडफोडबाट झ्यालको सीसा फुटेको छ ।
उपमेयरका कान्छा भाइ बिष्णुलाई आक्रमण गर्न आएको समूहले घरमा तोडफोड गरेको हो । उपमेयर बेघाले अराजक समूहले आक्रमण गरेपछि तत्कालै प्रहरीलाई खबर गरेपनि प्रहरी नआएको बताए ।
‘प्रहरी समयमा आएन’, बेघाले भने, ‘प्रहरी समयमै नआएका कारण अराजक समूह भाग्यो ।’ आक्रमणबाट घरमा सामान्य क्षति पुगेको उनले बताए ।
सुनसरीका प्रहरी प्रमुख एसपी विपीन गौतमले उपमेयरको घर तोडफोड गर्ने समूहको खोजी भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4