
२७ भदौ, लुम्बिनी । लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ ।
प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार राति १२ः०० बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले सरकारको सिफारिसमा चालु अधिवेशन अन्त्य गरेकोले प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेश सभा सदस्यको जानकारीका लागि प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4