+
+

नाडा अटो शोमा टाटाका ३ नयाँ मोडल गाडी सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते १४:०२

काठमाडौं । टाटा मोटर्स प्यासेन्जर भेहिकलले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो’मा टाटाका तीनवटा गाडीहरु सार्वजनिक गरेको छ ।

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाका बहुप्रतिक्षित गाडीहरु टाटा टियागो ईभी, टाटा नेक्सन ईभी एक्स जेट प्लस र टाटा पञ्च सार्वजनिक गरेको हो ।

१५ औं संस्करणको अटो शोमा सार्वजनिक गरिएका गाडीहरूको बिक्री वितरण शुभारम्भ गरिएको कम्पनीले बताएको छ ।

अत्याधुनिक जिपटून प्रविधियुक्त टियागो ईभीमा पाँचवटा मुख्य विशेषताहरु रहेका छन् । कुशलता, प्रविधि, विश्वास, चार्जिङ र आरामदायीता रहेका छन् । क्रुज कन्ट्रोल सहितको टियागो ईभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्र्यास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत विशेषताहरु रहेका छन् ।

यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक रहेको छ । यस टियागो ईभी सीमित अवधिका लागि सुरुवाती मूल्य २१.९९ लाख रुपैयाँ तोकिएको छ । अन्य भेरिएन्टका मूल्य भने यसप्रकार छन्ः

कम्पनीका अनुसार अर्को गाडी नेक्सन ईभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ । टियागो ईभी जस्त अत्याधुनिक जिपटून प्रविधि भएको यस एसयूभीको बनावट आकर्षक रहेको छ । आरामका लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरु भएको नेक्सन ईभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ । सुरक्षाका लागि यसमा एन्टी-लक ब्रेकिङ सिस्टम, चाइल्ड सेफ्टी लक, ट्र्याक्सन जस्ता व्यवस्थाहरु छन् । नेक्सन ईभी म्याक्स एक्स जेड प्लसको सुरुवाती मूल्य ४५‍.९९ लाख रूपैयाँ तोकिएको छ ।

त्यसैगरी टाटाको ‘न्यू फरेभ’ रेञ्ज अन्तर्गतको टाटा पञ्चको चार आधारस्तम्भहरु हुन् आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेको कम्पनीको भनाइ छ ।

नँया युग सुहाउँदो सोच र प्रविधिमा आधारित यो गाडीले ग्राहकहरुको बदलिंदो इच्छा एवम् आकांक्षाहरुको परिपूर्ति गर्दछ ।

कम्पनीका अनुसार टाटा पञ्च हाल भारतीय बजारमा सबैभन्दा बढी बिक्री भइरहेको सब कम्प्याक्ट एसयूभी रुपमा पनि परिचित छ । कम्पनीका अनुसार टियागो ईभीको बजार मूल्य यसप्रकार छः

टाटा मोटर्स इन्टरनेसनल विजनेश हेड मयंक वाल्डीले हरित यातायातको विकासमा निरन्तर नयाँ-नयाँ आयामहरू थप्दै लैजाने कम्पनीको प्रतिबद्धतालाई टाटा टियागो ईभीले प्रतिनिधित्व गर्ने बताए ।

त्यसैगरी टाटा पञ्चले नेपाली बजारमा ‘एसयूभी पोर्टफोलियो’ लाई थप बलियो एवम् बृहत बनाउँदै जाने प्रयासलाई दर्शाउने उनले बताए ।

त्यसैगरी सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले टाटा टियागो ईभी र टाटा पञ्चले टाटा र सिप्रदीको नेपाली ग्राहकवर्गको ड्राइभिङ अनुभवलाई नवीन र दिगो ढंगले रुपान्तरण गर्ने साझा प्रतिवद्धताको प्रतिनिधित्व गर्ने बताए । टाटा मोटर्ससँगको सहकार्यमा नेपालको समग्र यातायात क्षेत्रको विद्युतीकरण र यसको हरित भविष्यको लागि योगदान पुर्‍याउने विश्वास उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?