
२७ भदौ, काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीलाई २०.५३ प्रतिशत लाभांश दिने भएको छ । २७ भदौ बुधबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७९/८० को नाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार ४३६ रुपैयाँको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत गरी १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4