
२७ भदौ, काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बुधबार कम्पनी र नेप्से बीच सेयर सूचीकरण सम्झौतामा हस्ताक्षर भएको छ ।
कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य भएको ४ अर्ब रुपैयाँ बराबरको ४ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । जसमध्ये ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता साधारण सेयर ७० प्रतिशतले हुने २ करोड ८० लाख कित्ता संस्थापक सेयर हो ।
कम्पनीले २३ साउनदेखि २६ साउनसम्म प्रतिकित्ता १०० रुर्पयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीको सेयर नेप्सेमा सूचीकरण भएसँगै सूचीकरण भएको दोस्रो कारोबार दिन अर्थात् आगामी आइतबारदेखि कम्पनीका सेयर दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ । आइतबार नेप्सेका स्पेसल प्री ओपन सेसनमा पहिलो कारोबार भएमा नियमित सेसनमा कम्पनीको सेयर कारोबार सुरु हुनेछ ।
कम्पनीको सेयरले नेप्सेमा पहिलो कारोबारका लागि प्रतिकित्ता १६२ रुपैयाँ २९ पैसादेखि ४८६ रुपैयाँ ८७ पैसासम्म ओपनिङ रेन्ज पाएको छ । नेप्सेले पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणको नेटवर्थदेखि त्यसको ३ गुणासम्म ओपनिङ रेन्ज प्रदान गर्छ ।
प्रतिक्रिया 4