+

अग्रज खेल पत्रकार बोगटी र युवा पत्रकार सुवेदीलाई खेलकुद पत्रकार मञ्चको सम्मान

२०८० भदौ  २७ गते १८:२८ २०८० भदौ २७ गते १८:२८
अग्रज खेल पत्रकार बोगटी र  युवा पत्रकार सुवेदीलाई खेलकुद पत्रकार मञ्चको सम्मान

२७ भदौ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको २८ औं वार्षिकोत्सव समारोहमा दुई खेलकुद पत्रकारलाई सम्मान गरिएको छ ।

युवा पत्रकार नयाँ पत्रिकामा कार्यरत रमेश सुवेदीलाई सुमन भोम्जन युवा खेलकुद पत्रकार पुरस्कार प्रदान गरिएको छ । त्यस्तै अग्रज सम्मान मुकुन्द बोगटीलाई प्रदान गरिएको छ ।

नक्सालस्थित क्राउन प्लाजामा भएको कार्यक्रममा युवा खेलकुद पुरस्कारमार्फत सुवेदीले ल्यापटपसहित सम्मान पत्र प्राप्त गरे । अग्रज सम्मानमा बोगटीले २५ हजार रुपैयाँसहित सम्मान पत्र प्राप्त गरेका हुन् ।

मञ्चले हरेक वर्ष स्थापना दिवसका दिन अग्रज पत्रकार सम्मान र युवा पत्रकारलाई हौसला स्वरुप पुरस्कार प्रदान गर्दै आएको छ ।

उनीहरूलाई नेपाल ओलम्पिक कमिटी एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राई र मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीलगायतले सम्मान गरेका थिए ।

सम्मानित पत्रकार सुवेदीले खेलकुदको लगावले गर्दा यहाँसम्म आइपुगेको भन्दै खुसी व्यक्त गरे । त्यस्तै अग्रजको सममान पाएका बोगटी भने, आफूले मञ्चको स्थापना कालदेखि हालसम्मका युवा पुस्तासँगै सम्मानित हुन पाउँदा निकै खुसी लागेको बताए ।

एनएसजेएफ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय