
२७ भदौ, काठमाडौं । उत्तर अफ्रिकी देश लिबियामा आएको बाढीमा परेर ज्यान गुमाउने ५ हजार ३०० पुगेका छन् । केही हजार जना अझै हराइरहेकाले मृतकको संख्या बढ्ने अनुमान छ ।
सामुद्रिक आँधी डेनियलका कारण लिबियाको देरना शहरमा सुनामी जस्तै बाढी आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । देरनाबाट १२ किलोमिटर टाढा रहेको एउटा बाँध भत्केपछि त्यसको पानी शहरतिर बग्न थालेको थियो ।
त्यो पानीले शहर नजिकको अर्को बाँध पनि भत्केका कारण धेरै नोक्सानी भएको हो । बाढीले भत्केका घर र बगाएका गाडीहरुको तस्वीर सार्वजनिक भएका छन् ।
बाढीमा परेकाहरुको शव यत्र तत्र फेला परिरहेको प्रत्यक्षदर्शीले बताएका छन् । पहिचान भएका शवलाई स्काभेटरको मद्दमा खाल्डो खनेर सामुहिक रुपमा गाड्न थालिएको बीबीसीले जनाएको छ ।
देरनासहितका बाढी प्रभावित ठाउँमा उद्धारको काम भइरहेको छ भने राहत सामग्री पनि पुग्न थालेका छन् । इजिप्ट, अमेरिका, जर्मनी, इरान, कतार, टर्कीलगायतका देशले राहत सामग्री पठाउन थालेका छन् । तर लिवियाको राजनीतिक स्थितिले राहत तथा बचाउको काम प्रभावित भएको छ । लिवियामा अहिले २ वटा विद्रोही सरकार छन् र देश पनि दुई पक्षमा बाँडिएको छ ।
प्रतिक्रिया 4