२६ भदौ, काठमाडौं । नेपाल बास्केटबल संघले नेबा प्लस टु स्तरीय थ्री बाई थ्री बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
सेप्टेम्बर १५ शुक्रबारदेखि सेप्टेम्बर १७ सम्म हुने प्रतियोगितामा उपत्यका भित्रका ३२ ब्वाइज र १३ गर्ल्स टिमले सहभागिता जनाउने संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले जानकारी दिए ।
प्रतियोगितामा ब्वायजतर्फ ३२ र गर्ल्सतर्फ १३ गरी कूल ४५ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।
तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमि कभर्डहलमा हुनेछ ।
प्रतियोगिताको विजेता र उपविजेता टिमसहित व्यक्तिगत उत्कृष्ट हुने खेलाडीहरुलाई आकर्षक पुरस्कारको व्यस्था गरिएको संघका कार्यवाहक अध्यक्ष गुरुङले जानकारी दिए ।
लिनिङ अफिसियल पार्टनर रहेको प्रतियोगिताको शीर्ष तीन स्थान हात पर्ने टिमले त्रिसराबाट गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् भने ‘मोस्ट भेलुएबल प्लेयर’ लाई लिनिङको गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
प्रतिक्रिया 4