
२७ भदौ, काठमाडौं । बीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम ३ असोजमा हुने भएको छ ।
मंगलबार संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरिएको थियो ।
उक्त कार्यक्रम ३ असोजका लागि सारिएको महोत्सव आयोजक समितिका एक सदस्यले जानकारी दिए । संविधान दिवसको दिन हुने उक्त कार्यक्रम पार्टी कार्यालयको प्रांगणमा नभई हलभित्र हुनेछ ।
कांग्रेसले संस्थापक नेता बीपी कोइरालाको सम्झनामा भदौ २४, २५ र २६ गते साहित्य महोत्सव आयोजना गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4