+
+

डँडेलधुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २८ गते ६:४६

२८ भदौ, काठमाडौं । भीमदत्त राजमार्ग अन्तरगत डँडेलधुराको आलिताल गाउँपालिका-१ मेलखर्कमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

बुधबार राति अटोरिक्सा दुर्घटना हुँदा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महराको मृत्यु भएको प्रहरीले जनाएको छ । वीरबहादुर कुँवर घाइते छन् । उनलाई उपचारका लागि डडेलधुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

कैलालीको अत्तरियाबाट डोटीतर्फ गइरहेको अटो रिक्सा बुधवार राति करिब ९ बजे तिर दुर्घटना भएको थियो । दुर्घटनाको कारण भने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?