+
+

टोरन्टो प्रिमियरलगत्तै नेटफ्लिक्सले किन्यो नेपाली आरोहीबारेको फिल्म ‘माउण्टेन क्वीन’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २८ गते १२:०२

काठमाडौं । टोरन्टो फिल्म फेस्टिभलको क्रममा नेटफ्लिक्सले सगरमाथा आरोही लाक्पा शेर्पामाथि बनेको डकुमेन्ट्री फिल्म ‘माउण्टेन क्वीन : द समिट्स अफ लाक्पा शेर्पा’को अन्तर्राष्ट्रिय वितरण अधिकार खरिद गरेको छ ।

आन्ना केन्ड्रिकको डेब्यु निर्देशन रहेको फिल्म ‘वुमन अफ द आवर’लाई ११ मिलियन डलरमा खरिद गरेको केही घण्टामै नेटफ्लिक्सले लुसी वाकर निर्देशित यो डकुमेन्ट्रीको राइट किनेको हो । तर कति मूल्यमा यसको राइट बिक्री भयो भन्ने कुरा खुलेको छैन ।

सगरमाथा आरोही लाक्पा शेर्पाले कसरी जोखिमपूर्ण ढंगबाट सर्वोच्च शिखर आरोहण गरिन् र मृत्युलाई पनि जितिन् भन्ने कथावस्तु फिल्मले पेश गर्छ । तीन सन्तानकी आमा लाक्पा अहिले अमेरिकाको कनेक्टिकटमा बसेर जीवन गुजारा गरिरहेकी छन् ।

यो फिल्मलाई एसके ग्लोबल इन्टरटेनमेन्ट, ओबीबी पिक्चर्स, एभोकाडोज एण्ड कोकोनट्सजस्ता कम्पनीले मिलेर निर्माण गरेका हुन् । दुई पटक ओस्कार अवार्डमा मनोनित भएकी वाकर निर्देशित ‘ब्लाइन्डसाइट’ यसअघि सन् २००६ मा टोरन्टोमा प्रदर्शन भएको थियो ।

टोरन्टोमा प्रिमियर भएलगत्तै सामाजिक सञ्जालबाट निर्देशक वाकरले आफ्नो जीवनको सबैभन्दा रमाइलो र महत्वपूर्ण क्षणको रुपमा यसलाई व्याख्या गरेकी छन् । यो फिल्मका लागि लामै समय स्ट्यान्डिङ ओभेसन पनि दिइएको उनले जनाएकी छन् ।

गत शुक्रबार टोरन्टोमा प्रिमियर भएको ‘माउण्टेन क्वीन’ नेटफ्लिक्समा भने सन् २०२४ मा रिलिज हुनेछ ।

तस्वीर : टोरन्टो फिल्म फेस्टिभल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?